पूर्वराजा ज्ञानेन्द्रले यस वर्षकाे दसैंमा सुभेच्छुकलार्इ टीका लगाइदिने



काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

 

गत वर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो वर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् । 

 

निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको छ । 

 

त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्