१७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार र कुटपिट, धारिलो हतियारसहित ४ जना पक्राउ



कैलाली : १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार र कुटपिट भएको छ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–१ की ती किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

गएराति आफन्तसँग भेटघाट गरी घर फर्किँदै गरेकी ति किशोरीमाथि बलात्कार र कुटपिट गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार ती युवती खुरखुरियानजिकै सामूहिक बलात्कारको सिकार भएकी थिइन् ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षका अनुसार ति किशोरीले आफूमाथि सामूहिक बलात्कार र कुटपिट भएको बयान दिएकी छिन् ।

प्रहरीले पक्राउ परेका ४ जनाको साथबाट धारिलो हतियार र मोटरसाइकल बरामद गरेको छ । पक्राउ पर्नेहरु दुईजना २० वर्ष र दुईजना क्रमशः २१ र २४ वर्षको रहेको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्