भारतमा लकडाउनको निर्देशिका जारी



एजेन्सी– भारतले नयाँ लकडाउन निर्देशिका जारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका सम्बोधन गर्दै ३ मेसम्मका लागि लकडाउने बढाउने घोषणा गरेको थिए ।

नयाँ निर्देशिकाअनुसार २० अप्रिलपछि सम्पूर्ण कृषि र खेतिपातिका गतिविधि गर्न अनुमति दिइने भएको छ । त्यसैगरी अत्यावश्यक स्वास्थ्य सामग्री र आपतकालीन कामदारहरुलाई आवतजावत गराउने सवारीहरू सञ्चालन हुनेछन् । तर सार्वजनिक यातायात, विमान र रेल सेवाभने बन्द रहनेछन् ।

विद्यालय, विश्वविद्यालय, धार्मिक स्थलहरु र खेलकुद गतिविधिहरु पनि बन्द हुनेछन् । अस्पताल र स्वास्थ्य सेवा नियमित सञ्चालन हुनेछन् ।

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ५५ पुगेको छ भने ३ सय ९६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्