भारतमा कोरोना सङ्क्रमितको संख्या १२ हजार नाघ्यो, ४२० को मृत्यु



भारत : भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको संख्या १२ हजार ७५९ जना पुगेका छन् ।भारतमा देखिएका यी सङ्क्रमितहरुमध्ये १ हजार ५ सय १४ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

भारतीय संचार माध्यामहरुका अनुसार अहिले सम्म कोरोनाबाट मुत्यु हुनेको संख्या ४२० पुगेको छ । पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । गएको २४ घन्टायता ९ सय ४१ जना नयाँ सङ्क्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या ३७ रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्