एनअारएनकाे विज्ञ भेला र विधानसभा काठमाडाैंमा शुरु



काठमाडाैं : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए) को विधानसभा काठमाडौंमा शुरु भएको छ । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश पाएकाे हाे।

 

सल्लाहकार डा हेमराज शर्माको संयोजकत्वमा बनेको विधान समितिले सभामा पेश गरेका ेसंशोधन प्रस्तावमाथि शुक्रबार छलफल हुनेछ। हाल तीन उपाध्यक्ष रहेकामा वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्न प्रस्ताव गरिएको छ। यसैगरी एनआरएनएको दुईवर्षे कार्यकाल तीन वर्ष बनाउने प्रस्ताव छ। 

प्रतिएक हजार सदस्य बराबर १०० जना सम्मेलन प्रतिनिधि रहने गरेकामा त्यसमा पनि संशोधन गरिने छ। पारित भएको संशोधन प्रस्ताव तीन महीनापछि बोलाइने विशेष महाधिवेशनमार्फत अनुमोदन गरिने जनाइएको छ।

 

विश्व विज्ञ सम्मेलन 

विधानसभापछि पहिलो ‘विश्व विज्ञ सम्मेलन’ शुक्रबार शुरु हुँदै छ । सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक शीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल हुने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए।

गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान, सीपको उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागि विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तक्र्रिया हुनेछ।

 

सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवि, निजी क्षेत्रकोसमेत सहभागिता रहने जनाइएको छ । कूल १६० कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा ३५० प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनले विदेशी भूमिमा सिकेको सीप र पूँजीलाई नेपालको विकासमा लगानी गर्न वातावरण तयार पार्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्