कोरोनाको संक्रमणबाट मृत्यु हुने संख्या १ लाख ८४ हजार नाघ्यो



काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा मात्रै ४७ हजार भन्दा धेरैको ज्यान गएको छ । आज विहानसम्म अमेरिकामा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ हजार ६७६ पुगेको छ ।

यो कोरोना संक्रमण फैलिएका देशमा ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै हो । गत २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३०० भन्दा धेरैको ज्यान गएको छ ।

अमेरिकामा मात्रै आजसम्म ८ लाख ४८ हजार ९९४ जनामा कोरोनाको संक्रमण देखिसकेको छ । यसमध्ये १४ हजारको अवस्था गम्भीर रहेको छ ।

इटलीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हजार ३४० तथा बेलायतमा १८ हजार १०० ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्