
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दी, विद्यार्थी र आप्रवासी कामदारको मानव अधिकार संरक्षण गर्न माग गरेको छ।
कोरोना संक्रमणको स्थितिमा हिरासत तथा कारागारमा रहेका थुनुवा, कैदीबन्दीको मानव अधिकारको अवस्था सम्बन्धमा आयोगले अनुगमन गर्दै कैदीबन्दी, विद्यार्थी र आप्रवासी कामदारको मानव अधिकार संरक्षण गर्न सरकारसँग माग गरेको हो।
आयोगका सदस्य सुदिप पाठकसहितको टोलीले आज काठमाडौं र ललितपुरका केही हिरासतका साथै केन्द्रीय कारागारको अनुगमन गरेको आयोगका प्रवक्ता एवं सचिव वेद भट्टराईले बताएका छन्।
अनुगमनका क्रममा खानेपानी, शौचालय तथा सरसफाइ र सामाजिक दूरी कायम गर्न समस्या रहेको भेटिएको आयोगले बताएको छ।
