राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना



धनगढी: कैलालीमा राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नं.८ बढैपुरको जंगलमा ट्याक्टर दुर्घटना भएको हो । सो दुर्घटना बढैपुर-सहुलिया सडक खण्डमा भएको हो ।

गौरीगंगा नगरपालिकाको वडा नं.१० बाट राहत वितरण गरेर फर्किएको ट्याक्टर जंगलमा दुर्घटनामा परेको र ट्याक्टरमा रहेको राहतको चामल रोडमा खसेको छ भने ट्याक्टर सडकबाट तल खसेको छ । अहिले ईलाका प्रहरी कार्यालय मसुरियाको टोली घटना स्थलतर्फ गएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्