प्रदेश २ः ५ हजार १६१ को आरडीटी परिक्षण,१० को पोजेटिभ,५ हजार १५१ को नेगेटिभ



जनकपुरधाम: प्रदेश २ का ८ वटै जिल्लामा शुक्रबारसम्म ५ हजार १ सय ६१ जनाको आरडीटी परीक्षण गरिएको छ ।

त्यसमध्ये १० जनाको रिजल्ट पोजेटिभ आएको छ भने ५ हजार १ सय ५१ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेशमा आज (शुक्रबार) मात्रै ७० जनाको आरडीटी परीक्षण गरिएको हो ।

कोरोनाभाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्ट अन्तर्गत सप्तरी जिल्लामा अहिलेसम्म १ हजार १७ जनाको आरडिटी परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा त्यस जिल्लामा ४ जनाको आरडीटी परिक्षण गरिएको हो ।

सिरहा जिल्लामा भने अहिलेसम्म ३ सय ४० जनाको आरडिटी परिक्षण गरिएको छ । त्यस जिल्लामा पछिल्लो २४ घण्टामा एकजनाको पनि परीक्षण गरिएको छैन ।

धनुषा जिल्लामा पछिल्लो २४ घण्टामा एकजनाको पनि परिक्षण गरिएको छैन । यहाँ अहिलेसम्म कुल ४ सय ५६ जनाको आरडीटी टेष्ट गरिएको छ । महोत्तरी जिल्लामा कुल १ सय ६९ जनाको आरडीटी टेष्ट गरिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा एकजनाको पनि आरडीटी परीक्षण गरिएको छैन् ।

सर्लाही जिल्लामा पछिल्लो २४ घण्टामा एकजनाको पनि परीक्षण गरिएको छैन । त्यस जिल्लामा अहिलेसम्म कुल १ सय ३४ जनाको आरडीटी टेष्ट गरिएको हो । रौतहटमा पनि शुक्रबारसम्म कुल ५ सय १० जनाको आरडिटी टेष्ट गरिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा कसैको टेस्ट गरिएको छैन ।

बारामा अहिलेसम्म कुल १ सय ५४ जनाको आरडिटी टेष्ट गरिएको हो । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा कुल २ हजार ३ सय ६७ जनाको आरडिटी टेष्ट गरिएको छ । पर्सामा पछिल्लो २४ घण्टामा ६५ जनाको आरडीटी परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा.रामप्रसाद घिमिरे परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा काठमाडौंबाट आएको ६ वटा टिम, जनकपुरबाट २ वटा टिमसहित सम्बन्धित जिल्लामा रहेका जनशक्तिलाईसमेत परिचालन गरिएको छ ।

टोलीमा मेडिकल डाक्टर, जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्