१७ वर्षीया किशोरी ९ जनाद्वारा बलात्कृत



सुनसरी : सुनसरीको इटहरीमा १७ वर्षीया किशोरी ९ जना द्वारा बलात्कृत भएकी छन् ।

९ जना मिलेर बलात्कार गरेको भन्दै किशोरीले इटहरीस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

किशोरीले प्रहरी कार्यालयमा बुझाएको जाहेरीमा इटहरी वडा नम्बर ११, खनार भन्ने स्थानमा उनी वैशाख १७ गते राति सामूहिक बलात्कारमा परेको इटहरी इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी धर्मराज भण्डारीले बताए ।

उजुरीका आधारमा प्रहरीले घटनामा संलग्नमध्ये स्थानीय त्रिलोचन चौधरी र अमित चौधरीलाई पक्राउ गरेको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्