फर्निचर उद्योगमा आगलागी, ८० लाख बराबरको क्षति



पोखरा: पोखरा महानगरपालिका वडा नं.९, नागढुंगानजिक रहेको फर्निचर उद्योगमा शनिबार आगलागी भएको छ ।

आगलागीबाट फर्निचरका धेरैजसो सामग्री जलेर नष्ट भएको छ । दमकल र पानीट्यांकरको सहायताबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट लाखौंको क्षति पुगेको अनुमान गरिएको छ । नागढुंगास्थित दुर्गाप्रसाद भट्टराई र विकास क्षेत्रीले संचालनमा ल्याएको फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीका कारण ८० लाख रुपैयाँ बराबरका फर्निचरका सामग्री र ३० लाखमाथिको संरचना नस्ट भएको बताइएको छ । आगलागीका कारण तीनओटा घरमा क्षति पुगेको छ । विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्