लकडाउनका कारण समस्यामा परेका ३ सय परिवारलाई समाजसेवी साहको सहयोग



जनकपुरधाम: लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुको पीडालाई मध्यनजर गर्दै समाजसेवी महेन्द्र प्रसाद साहले जनकपुरधाम १० मा राहत वितरण गरेका छन् ।

जनकपुरधाम १० स्थित चित्रगुप्त सेवा समितिको प्राङ्गणमा राहतको अतिआवश्यकता परेका व्यक्तिहरुलाई बोलाएर उनले राहत बाँडेका हुन् । उक्त टोलमा खबर गरी राहत आवश्यक पर्नेको नामावली संकलन गरेर तिन सय परिवारलाई राहत वितरण गरिएको साहले बताए ।

उनले भने,’विगत ४० दिनदेखिको लकडाउनका कारण गरिब तथा विपन्नहरु बढि समस्यामा परेकाले उनीहरूको पीडा सहन नसकेर मैले आफ्नो व्यक्तिगत तवरबाट राहत बाँटे । ‘अहिलेको संकटपूर्ण अवस्थामा अन्य सहयोगी हातहरुलाई समेत अगाडी बढ्न उनले आग्रह समेत गरे ।

सो कार्यक्रममा समाजसेवी साहलाई नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले सहजीकरण गरि सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्