नदीमा डुबेर किशोरको मृत्यु



धनगढी: कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका-४ मा रहेको कान्द्रा नदीमा डुबेर सोही ठाउँका १६ वर्षीय केशव पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी शनिबार बिहान साढे १० बजेतिर नदीमा नुहउँदा नुहाउँदै बेपत्ता भएको र दिउँसो १२ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

अहिले इलाका प्रहरी कार्यालय भजनीको टालीले घटना स्थलमा थप अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्