नेपालगञ्जमा प्रहरीमाथि स्थानीयद्वारा ढुंगामुडा प्रहार



नेपालगञ्ज : नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेका छन् । सोमबार राति १२ बजेदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा त्रिवेणी चोकका एक युवकलाई पक्राउ गरेपछि स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका हुन् ।

आज (मंगबाल) बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो ।

निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो ।

रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा तरकारी किन्नेको भीड बढेपछि प्रहरीले हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो ।

विवाद गरेको भन्दै प्रहरीले त्रिवेणी चोकका एक युवालाई त्यहाँबाट पक्राउ गरेको र त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुडा गरेको एसपी वीरबहादुर ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्