क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ



बैतडी: भारतबाट उद्धार गरि क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमै मृत्यु भएका बैतडीका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बैतडीको पुर्चौंडी नगरपालिका-६ मनकालीका ६७ वर्षीय जुने लुहारको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन् ।

भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याएका उनको शनिवार पुर्चौडी नगरपालिका-६ को क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट २ हजार ६ सय ९५ नेपाली स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्