रौतहटको चन्द्रपुरमा दुई पक्षबीच झडप हुँदा ८ घाइते



रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका नयाँ बस्ती टोलमा झडप भएको छ। वडा नम्बर ७ को नयाँबस्ती टोलमा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

नयाँबस्तीमा बसोबास गर्न सहनी पक्ष र महतो पक्षबीच झडप भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाइते हुनेहरुमा सहनी पक्षका ७० वर्षीय अनुप सहनी, ४० वर्षका राधे सहनी र ७० वर्षीया फुलकुमारी देबी रहेका छन् भने महतो पक्षका ४५ वर्षीय मुखा महतो, ३९ वर्षका रामेश्वर राय यादव, ३० वर्षका राजेन्द्र महतो, ७५ वर्षकी अनिया देवी र २० वर्षी अञ्जली महतो रहेको प्रहरीले जनाएको छ ।

४ महिना अघिको झगडालाई लिएर आज पुनः दुई पक्षबिच झडप भएको स्थानीयले बताएका छन्। पुरानो रिसिबीको कारण भएको झडपमा परि हाल ८ घाईते भेटिएपनि संख्या बढ्न सक्ने स्थानीयको अनुमान छ।

उनीहरुको हात, टाउको र शरीरका अन्य भागमा चोट लागेका कारण चन्द्रपुरस्थित चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।

झडप भएको स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको र स्थिति नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी हेम बहादुर शाहीले जानकारी दिइ । घट्ना बारेमा अनुसन्धान भइरहेको डिएसपी शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्