कार्यकारी निर्देशकमा डा.गौतम



चितवनः भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतमलाई नियुक्त गरिएको छ ।

काठमाडौंमा आज बसेको अस्पताल संचालक समितिको बोर्ड बैठकले उनलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा अधिकारीले जानकारी दिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा.गौतमलाई सो पदमा सिफारिस गरेपछि बोर्डले नियुक्त गरेको बोर्ड सदस्य डा.अधिकारीले बताए ।

सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई ३ वर्षका लागि नियुक्त गरिएको हो । बोर्ड सदस्य डा.अधिकारीका अनुसार उनले आजै शपथग्रहण गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्