अाज दसैंकाे पाँचाै दिन, पचली भैरवको जात्रा



सम्पूर्ण नेपालीको राष्ट्रिय एवं सामाजिक सद्भावको महान चाड वडादसैँमा पचली भैरवको ठूलो मेला लाग्छ । पचली भैरवको जात्रा रोचक किसिमले गरिन्छ । नवरात्रिको पहिलो दिनबाट सुरु हुने पचली भैरवको जात्रा सुरुआत गर्ने क्रममा पचली भैरव मूर्ति अंकित तामाको घ्याम्पोलाई गुठियारको घरबाट क्वहिटीमा चित्रकारको घरमा लगी नयाँ रङ्गरोगन गरी सिंगारेर आँखामा दृष्टि खोल्ने काम गरिन्छ ।

 

चित्रकारले सिंगारेको सो भैरवको घ्याम्पोलाई तीन दिनसम्म क्वहिटी टोलको ढुंगेधारा अगाडिको पाटीमा पूजाआजा गर्न राखिन्छ । नवरात्रिको चौथो दिन पचली भैरवको मूर्ति घ्याम्पोलाई भीमसेन स्थान कवावहालस्थि थकु जुजुको घरमा लगेर राखिन्छ । थकु जुजुलाई १० देखि १३औँ शताब्दीसम्म राज्य गर्ने ठकुरी राजा मल्ल वंशका सन्तान हुन् भनिन्छ ।

 

थकुजुजुको घरमा राखिएको पचली भैरवलाई विधिपूर्वक पूजा गरेपछि भैैरवको पीठमा लगिन्छ । पाँचौं दिन विहान सबेरै पचली भैरवलाई पञ्चनाली तीर्थ पचलीघाटमा लगेर वर्ष दिन अघिदेखि घ्याम्पोमा रहेको जाँडरक्सी नदीमा बगाइन्छ ।

 

सो समयमा काठमाडौंका विशेष गरेर तल्लो टोलका मानिसहरू र दसैँको नवरथामा आउने भक्तजनहरूले सोही तीर्थमा भैवरको जाँडरक्सी प्रसाद मिसिएको नदीमा स्थान गर्छन् । सो प्रसाद भएको पानीमा स्थान गर्नाले वर्षदिनसम्म कुनै पनि किसिमको रोग नलाग्ने र कुनै पनि किमिसको दुःख कष्ट पनि हुँदैन भन्ने जनविश्वास छ ।

 

यसरी रित्तिएको सो पचली भैरवको घ्याम्पोलाई दिनभर पीठामा राखिन्छद्ध भने भक्तजनहरूले पूजा आजा र दर्शन गर्ने गर्छन् । सोही दिन ज्यापु जातिका छोराहरूलाई कर्मकाण्ड गर्ने उद्देश्यले ज्यापू समाजमा भित्र्याइने भनी वः ला राख्ने भन्दै व्रतवन्धको प्रक्रिया पूरा गर्ने कार्यका लागि तीन वर्षसम्म तीनपटक पचली पीठमा राख्ने चलन छ ।

 

यसरी ज्याूु जातिका छोरालाई ३ पटक पचली पीठमा राखेपछि व्रतवन्ध विधिपूर्वक गर्नुपर्ने हुन्छ । सोही दिन पचली भैरवलाई गुठीको तर्फबाट ठूलोपूजा गरिन्छ । राँगोको बली पनि दिइन्छ । बली दिएको राँगोको माुसबाटै मांसाहुति यज्ञ गरिन्छ । सोही दिन राती मूर्तिको घाँटीमा मुण्डमाला, नागमाला, कम्मरमा बाघ र हात्तीको छालाले बेरिने चलन छ । त्यस्तै  मूर्तिको कानमा कुण्डमाला र सुनको गोलम्मा लगाइएको नृत्य मुद्रामा ६ हातको भैरवमूर्तिसहित तामाको ठूलो घ्याम्पोमा श्रद्धालु भक्तजनहरूले पूजाअर्चना गर्छन् । त्यसपछि घ्याम्पोमा जाँड, रक्सी, अन्डा, माछा आदि भर्ने गर्छन् । भक्तजनहरूको पूजाको लागि पचली भैरवलाई दिनभर त्यहीँ राख्छन् ।

 

मध्यराजतमा पचली भैवरलाई नै अजिमासहित तल्लो टोलहरू इनाखा, गोफल, लगन, जैसीदेवल, चिकंमुगल, मरुटोल हुँदै सांस्कृतिक बाजागाजासहित जात्रा गर्दै हुनमानढोका दरबार पु¥याइन्छ । त्यहाँ सरकारका तर्फबाट एउटा राँगो बलि चढाएर पूजा गर्ने परम्परा छ । यसै समयमा कुमारीघरबाट जीवित देवी श्री कुमारीलाई पनि त्यहाँ पचली भैरवको स्वागत गर्न र दर्शन गराउन उपस्थित गराउने चलन छ ।

 

कुमारीलाई भैरवको छोराको रूपमा मानिन्छ । त्यसपछि पचली भैरवलाई ब्रम्हटोलस्थितश्वेत भैरको तीनपल्ट परिक्रमा गराउपछि यँगाला मञ्जुश्री टोलस्थित पालाको घरमा पु¥याएपछि जात्रा सम्पन्न हुन्छ । यो जात्रा तल्लो टोलका ज्यापूहरले पालैपालो चलाउँदे आएका छन् ।

 

यो जात्राको विशेषता भनेकै एक समूह मानिसले पचली भैरवको घ्याम्पोलार्य पालैपालो काँधमा बोकेर बाजाको तालमा नाच्दे जात्रा गरिने हो । यही जात्रामा मात्र बजाइने बाजा थकुहरूले मात्र बजाउने गर्छन् । जात्राको समयमा विभिन्न स्थानमा राखेका हायुद्यः(काठका भैरव मूर्ति)हरूमा राखेका पाइपबाट जाँड, रक्सी झोर पचली भैरवलाई चढाउने गरिन्छ ।

 

पचली भैरवको बारेमा सुन्नमा आएको जनश्रुती अनुसार फर्पिङका राजा साक्षात् भैरव र तान्धिक भएकाले दिनहुँ काशीमा गएर स्थान गरेर आई दिनभरि फर्पिङ्गमा राजकाजको काम गरिसकेपछि बेलुका आफ्नी प्रेमिका नई( नभइ भनेको खड्गी थर) अजिमासँग प्रेमालाप गर्न टेकुमा घरमै आउने गर्दो रहेछ । अनि विहान सबेरै कसैले नदेख्ने गरी फर्किने गर्दो रहेछ । त्यो नई युवतीलाई आफूलाई माया प्रीति गर्न आउने युवक सक्षात् भैरवको रूप र राजा हो भन्ने थाहा रहेन छ । एकदिन घरको ढोकामा फरिया सुकाइ राखेकाले विहान सबेरै राजा फर्किन सकेन ।

 

विहान उज्यालो हुने वित्तिकै नैको आमा बुबा र दाजुभाइले देखेर पिट्नसम्म पिटेर त्यो राजालाई काँडाको झांगमा फालिदिएछ । अनि त्यो नै पनि रुँदै कराउँदै त्यही काँडाको झांगमा राजालाई अंगालन पुगिन् । त्यहीँ भएको कपडा कात्रोले छोपेर दुवै अँगालोमा बाँधिए । त्यही समयमा त्यहाँ राजा भैरव र अजिमा दुवै सिद्ध भएका हुन् भन्ने जनविश्वास छ । ती दुवै कात्रोमा छोपिएर बसेकाले अलिहे पनि पचली भैरवको जात्रामा कात्राको पनि प्रयोग गर्ने चलन छ ।

पचली भैरवको जात्रा गर्दा ने अजिमालाई पनि बाजा बजाई भैरवको पछिपछि लागिन्छ । पचली भैरवको घ्याम्पो जात्रा गरेर ल्यायो कि पचलीमा कुनै पनि मासिन बस्नु हुँदैन । पचली भैरवको ेबताल उठेर आई देवतालाई चढाइराखेका प्रसाद खान थाल्छ र कुनै मानिसलार्य देखे खाइदिन्छ भन्ने डरले कोही पनि त्यहाँ बस्दैनन् । जात्रामा मानिसहरू जाँड, रक्सीले मातेर कोही पचली परिसरको बाटोमो लडिरोखका छन् कि भनी नै अजिमा फर्कीफर्की आएर हेर्दै उठाएर लाने गर्छ भनिन्छ ।

 

प्राचीनकालमा माटोको घ्याम्पोमा पचली भैरवको मूर्ति माटोले बनाइने गरिन्थ्यो । जात्रा गर्दै लाँदा बाटोमा खसेर बराबर फुट्ने गथ्र्यो । राजा शिवसिंहको पालामा जात्रा गर्दै लाँदा चिकंमुगल टोलमा खसेर माटोको घ्याम्पो फुटेपछि तामाको घ्याम्पो बनाएर जात्रा गर्ने परम्परा चलाएको हो भन्ने कुरा वंशावलीमा उल्लेख गरिएको छ ।

 

चिकंमुगलमा फुटेको माटोको घ्याम्पोको टुक्राहरू सोही स्थानमा पुगेर भेलुपात भनी आजसम्म पूजा गरिँदै आएको छ । प्राचीनकालदेखि राजा फेरिएमा पचली भैरवको घ्याम्पा पनि फेर्ने र नयाँ घ्याम्पो राख्ने चलन छ । पुरानो घ्याम्पोको सट्टा नयाँ घ्याम्पो राखेर जात्रा गर्ने चलन अनुसार भास्कर मल्लको पालामा राजमाता भुवनलक्ष्मीले घ्याम्पो पुरानो भएर जीर्ण भएकाले नयाँ घ्याम्पो राखेको इतिहासमा उल्लेख गरिएको छ । त्यस्तै राजा फेरिँद पचली भैरवको घ्याम्पो फेरिने चलन पनि चल्दै आउको हो ।

 

१२ वर्षमा एकपटक वडा दसैँका टीकाको दिनदेखि एक वर्षसम्म पचली भैरवको गण नाच नचाइन्छ । राष्ट्रप्रमुखको हातबाट पचली भैरवको खड्ग साटी सकेपछि मात्र गण नाच सुरु गरिन्छ । देशमा अशान्ति, युद्ध, रोग, शोक आदि केही नहोस् भनी गणनाच नचाइने गरिएको हो ।

 

पचली भैरवको १२ वर्षे गण नाचमा घुम्बा, सिम्बा, मनपयजु)इन्द्रायणी), अजिमा –चामुण्डा), बाराही, कुमारी, नारायणी, दुरूपति(रुद्रायण), ब्रम्हायणी र गणेशलाई तान्त्रिक साधना गरेर देवता हुने मानिसहरूलाई ज्याः वहालको देवघरबाट हनुमानढोकाको नासलचोकमा विधिवत गण नृत्य नचाइसकेपछि मात्र विभिन्न टोलमा राँगो, पञ्चवलि दिएर वर्षदिनसम्म गण नाच नचाइन्छ । देवगणहरू जामा, मुकुट र गहना लगाएर सिंगारिएर हातमा विभिन्न किसिमका हतियार लिई आउँछन् । दुरूपति बाहेक सबै देव गणले राँगा, कुखुरा, हाँस बलि लिँदा पुरै शरीर कमाएर तात्तातो रगत पिउँछन् ।

 

सुरु सूरमा पचली भैरवका पूजारी राजोपाध्यायको शरीमार प्रत्यक्ष भएर भैरवले सिधै कुराकानी गर्ने गर्दोरहेछ । एकदिन भैरवलाई फूल पु¥याउन आएका गथु मालिले पुजारीले देवतासँग कुरा गरिरहेको देखेछ । तत्कालै पचली भैरव पनि उही गथुमालीको शरीरमा प्रवेश गरी अबदेखि गथुकै नेतृत्वमा गण नाच नचाउनु भन्ने आज्ञा भएछ । सोही बेलादेखि गथुमाली समुदयाले नै गण नाच नचाउँदै आएको हो भनिन्छ ।

 

१२ वर्षमा एकपटक दसैँमा मरुको भुतिसः अगाडि चली भैरवसँग राष्ट्रप्रमुखले खड्ग साट्ने परम्परा छ । यसरी दसैँको टीकाका दिन राति खड्ग साट्दा राज्य स्थिर हुने, देशमा अमनचयन र शान्ति कायम हुन्छ भन्ने मान्यता छ । स्मरणरहोस् यही परम्परा अनुसार ०६० मा पूर्वराजा ज्ञानेन्द्रले पचली भैरवसँग यही भूतिसः अगाडि खड्ग साटेका थिए ।

प्रतिक्रिया दिनुहोस्