विश्वमा कोरोना संक्रमितको संख्या ४८ लाखभन्दा बढि, कतिको मृत्यु?



काटमाडौं : विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंले बढिरहेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट ४८ लाख १ हजार ८ सय ७५ जना मानिस संक्रमित भएका छन्। ३ लाख १६ हजार ६७१ जनाको ज्यान समेत गुमिसकेको छ।

संक्रमितमध्ये १८ लाख ५८ हजार ११७ जना उपचारपछि निको भएका छन् ।

मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहे पनि संक्रमणपछि निको हुने दर ठूलो रहेको देखाउँछ।संक्रमण फैलिएका मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित अमेरिकामा १५ लाख २७ हजार ६ सय ६४ पुगेका छन्। अमेरिकामा ९० हजार ९ सय ७८ जानाको मृत्यु भइसकेको छ।

संक्रमितको संख्याको आधारमा रसिया दोस्रो स्थानमा छ। तर, कोरोनाबाट मृत्यु हुनेको संख्याका आधारमा भने रसिया अरु मुलुकभन्दा निक्कै पछाडि छ। मृत्यु हुने संख्यामा बेलायत दोस्रो छ भने तेस्रोमा इटाली।

रसियामा संक्रमितको संख्या २ लाख ८१ हजार ७ सय ५२ रहेको छ। त्यहाँ अहिलेसम्म २ हजार ६ सय ३१ जनाको मृत्यु भएको छ। बेलायतमा मृत्यु हुनेको संख्या ३४ हजार ६ सय ३६ छ। त्यहाँ संक्रमितको संख्या २ लाख ४३ हजार ६ सय ९५ रहेको छ।

संक्रमितको संख्यामा ब्राजिल ह्वात्तै माथि आएको छ। ब्राजिलमा संक्रमितको संख्या २ लाख ४१ हजार ८० पुगेको छ। त्यहाँ १६ हजार १ सय १८ जनाले ज्यान गुमाइसकेका छन्।

स्पेनमा मृत्यु हुनेको संख्या २७ हजार ६ सय ५० पुगेको छ भने संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय १९ पुगेको छ। त्यसैगरी अर्को युरोपेली मुलुक इटालीमा २ लाख २५ हजार ४ सय ५३ संक्रमित हुँदा मृत्यु हुनेको संख्या ३१ हजार ९ सय ८ पुगेको छ।

फ्रान्समा १ लाख ७८ हजार ६ सय ९३ जना संक्रमित छन् त्यहाँ २८ हजार १ सय ११ जनाको यसैका कारण मृत्यु भएको छ। जर्मनीमा १ लाख ७६ हजार ३ सय ६९ जना संक्रमित छन् तीमध्ये ७ हजार ९ सय ६२ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्