दाङमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५४ पुग्यो



काठमाडौं : दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ। सङ्क्रमितमध्ये ४९ जना निकाे भएका छन् भने तीन जनाकाे ज्यान गएकाे छ । 

प्रतिक्रिया दिनुहोस्