रुकुम पश्चिम घटनाबारे संसदीय छानबिन गर्न कांग्रेसको माग



काठमाडौं : नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले रुकुम पश्चिममा भएको घटनाको संसदीय छानबिन गर्न माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गर्न माग गरेका हुन् ।

उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग गरेका थिए ।

साथै घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दवाव र प्रभावमा रिहा नगरी निश्पक्ष छानबिन गर्न पनि समेत उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्