स्वास्थ्यमन्त्री ढकालको पीसीआर रिपोर्ट नेगेटिभ



काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

आज कपिलवस्तुमा कन्ट्याक्ट ट्रेसिङ तथा स्वाब संकलन गरेर फर्किएका एक चिकित्सकमा कोरोना पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सबै कर्मचारीहरुको स्वाब परीक्षण गरिएको थियो ।

यसैक्रममा मन्त्री ढकालसहित मन्त्रालयका सबै कर्मचारीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्