१ लाख घुससहित टोखा नगरपालिकाका अधिकृत पक्राउ



 काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई घुससहित पक्राउ गरेको छ ।

 

अधिकृत कृष्णप्रसाद सुवेदी १ लाख रुपैयाँ घुस रकमसहित कार्यालयबाटै पक्राउ परेका हुन् ।

 

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेका थिए ।

 

सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालयबाटै आइतबार पक्राउ गरेको जनाइएको छल । थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्