इराक लैजान लागिएका १७९ नेपालीलाई उद्धार



काठमाडौं:  म्यानमार हुँदै इराक लैजान लागिएका १७९ नेपालीलाई भारतबाट उद्धार गरेर नेपाल फर्काइएको छ । नेपाल सरकार र माइती नेपालको विशेष सक्रियतामा भारतको मणिपुरबाट १४७ जना महिला र ३२ जना पुरुषको उद्धार भएको हो ।

पाँचवटा भारतीय बसमा राखेर मंगलबार बिहान उनीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै स्वदेश फर्काइएको हो । काँकडभिट्टास्थित मेची भन्सार कार्यालय परिसरबाट उनीहरुलाई नेपालकै ६ वटा वसमा हालेर काठमाडौँ पठाइएको छ । उनीहरुको सुरक्षा तथा निगरानीका लागि ती बसहरुमा माइती नेपालका कर्मचारी र प्रहरी पनि छन् ।

प्रतिक्रिया दिनुहोस्