केटी जिस्काएको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ



काठमाडौं– क्षेत्रपाटीस्थित ढल्कु क्षेत्रबाट दुई चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाली युवतीलाई जिस्काएको र दुर्व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत सोह्रखुट्ट डिएसपी दिपक खड्काका अनुसार शुरुमा उनीहरूले नेपाली युवतीलाई तस्बिर खिचिदिन भनेको र विस्तारै जिस्किँदै दुर्व्यवहार गरेका हुन् ।

‘फोटो खिचौं भने अनि चिया खान जाउ भनेका रहेछन् । पछि हल्ला खल्ला भयो अनि सूचना आएपछि महानगरीय प्रहरी वृत सोह्रखुट्टेबाट खटिएको टोलीले पक्राउ गरेको हो,’ उनले भने ।

आरोपीहरुलाई शनिवार साँझ ६ बजे ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको उनले बताए । आरोपीहरु अहिले प्रहरी हिरासतमा छन् ।

पीडितको जाहेरी भोलि कार्यालय समयमा लिएर कारबाही अगाडि बढाइने खड्काले बताए । थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्