नेपाललाई चार वटा हवाई रुट थप्ने सहमतिबाट पछि हट्याे भारत



काठमाडौँ : नेपाललाई चार वटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत पछि हटेको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

 

प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् ।

 

‘भारतीय प्राविधिकले डिफेन्स कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ । प्रविधिकको वार्ताबाट टुंगिएन ।’

 

उनका अनुसार नेपालले मागेको हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारतले अनुमित दिन नसकिने जनाएको हो ।

प्राविधिक तहको उक्त एक दिने बैठक बिहिबार दिल्लीस्थित राजीव गान्धी भवनमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्