बिहीबार थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो



काठमाडौं : बिहीबार थप ३३४ जनामा कोरोना पुष्टि भएको छ। जसमा ३१९ जना पुरुष रहेका छन् भने १५ जना महिला रहेका छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

पछिल्लो समय विराटनगरको कोशी अस्तपालको प्रयोगशालमा मोरङका १ जना, झापाका २ र खोटाङका ३ जना छन्। यसैगरी नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा झापाका ३, सुनसरीका २ र सप्तरीका १३ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै, हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ७, सिन्धुलीका १ र रौतहटका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ जनामा कोरोना संक्रमण भेटिएको छ।

सेती अस्पलालको प्रयोगशालमा डोटीका ३ जना र भेरी अस्पतालको प्रयोगशालामा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यसैगरी, धुलिखेल अस्पतालको प्रयोगशालमा कपिलवस्तुका १७ जनामा कोरोना संक्रमण देखिएको छ। राप्ती प्रतिष्ठानको प्रयोगशालमा दाङका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दैलेखका १ सय ५ र मुगुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतको प्रयोगशालामा दैलेखका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ५, धनुषाका ६, कपिलवस्तुका १२, महोत्तरीका ३, रौतहटका ६४, र सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।

नेपालमा हालसम्म २९० जना उपचारपछि निको भएका छन् भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्