देशभर ६ हजार ९ सय ३० शय्याका अस्पताल छन् : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सार्वजनीक र नीजि अस्पलातमा २६ हजार ९ सय ३० सामान्य शय्या रहेको जानकारी दिएका छन् ।

विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालको अस्पलातको बारेमा जानकारी गराए हुन् ।

विभिन्न अस्पलातमा गत चैत ११ सम्म ७ सय ७० भेन्टिलेटर भएकोमा अहिले ९ सय पु¥याइएको उनले बताए । त्यसैगरी १ हजार ५ सय ५१ आइसियु रहेकोमा थप गरि १ सय ९४ अस्पतालमा १ हजार ७ सय २ आइसियु रहेको बताए ।

त्यसैगरी उनले निजी तथा मेडिकल अस्पतालहरूलाई समेत प्रयोग गर्ने गरि व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्