क्वारेन्टाइनमा रोग प्रतिरोधात्मक क्षमता बढाउन निः शुल्क औषधी वितरण



हसुलियाः कैलारी गाउँपालिका अन्तरगत क्वारेन्टाइनमा रहेका व्यक्तिलाई निः शुल्क औषधी वितरण गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) बाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद शाखा हसुलियाबाट क्वारेन्टाइनमा रहेका व्यक्तिलाई निः शुल्क आयुर्वेदिक औषधी वितरण गरिएको हो ।

आयुर्वेद शाखा हसुलिया प्रमुख सुवाश शाह (कोभिड-१९) बाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गाउँपालिका अन्र्तगत हरेक वडामा क्वारेन्टाइनमा बसेकालाई औषधी वितरण गरेको बताए ।

उनले यष्टिमधु चुर्ण, गुडुची चुर्ण, त्रिकटु चुर्ण, चयवनप्रास, अस्वगन्धा चुर्ण लगायतको औषधी वितरण गरिएको बताए । आयुर्वेद शाखा हसुलियाबाट दिपेन्द्र मा.वि हसुलियामा ८० जनालाई, बेनौलीमा ४६ , बैजपुरमा ४४, कैलारीमा २४, बिचैपुरमा ४५, रामजानकी प्राथमिक विद्यालय के गाउँ २६, कालिका मावि भितरिया १५, गरिमा प्राथमिक विद्यालय के गाउँ ३३ राष्ट्रिय मावि भुँइयाफाँटा ७० जनालाई औषधी वितरण गरिएको छ ।

अन्य वडामा क्वारेन्टाइनमा बसेका व्यक्तिलाई चाँडै नै औषधी वितरण गरिने प्रमुख शाहले जानकारी दिए । यसका साथै गाउँपालिकाका जनप्रतिनीधी तथा कर्मचारी तथा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सहयोगी कर्मचारीलाई पनि आयुर्वेदिक रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गरिएको छ ।

तयस्तै यसका साथै हसुलिया आयुर्वेद शाखाले प्रत्येक वडाको क्वारेन्टाइनमा बसेका व्यक्तिलाई योग र व्याम पनि सिकाइने गरिएको छ । शाखा प्रमुख शाहले क्वोरेन्टाइनमा बसेका व्यक्तिको मानसिक चिन्ता र भय हटाउनका लागि योगासन, प्रयानयम र सुर्यनमस्कार लगायतका योगाभ्यास सिकाइने गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्