मंगलबार ३ सय ८० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६ हजार २ सय ९१



काठमाडौं : नेपालमा थप ३ सय ८० जनमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जगेश्वर गौतमले ६ हजार ९२ जना पुरष र ४ सय ९९ महिला कोरोना संक्रमित रहेको बताए ।

हालसम्म १ हजार १ सय ५८ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १ सय १७ जना निको चएका छन् । १०९ जना पुरुष र ८ जना निको भएका हुन् ।

नेपालमा अहिलेसम्म १ लाख ४३ हजार ७ सय ३८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी २ लाख २३ हजार ५ सय १९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

देशभर १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ५ सय ३१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसतै कोरोना भाइरसको संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्