उपत्यकामा अष्टमीदेखि टीकासम्म प्रहरीकाे निःशुल्क बस सेवा



काठमाडाैं : दसैंका बेला गाडीको अभाव नहोस् भनेर नेपाल प्रहरीले बुधबारदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। प्रहरीले अष्टमी, नवमी र दशमी अर्थात दसैँको टीकाको दिन निःशुल्क बस चलाउने छ।

 

प्रहरीले बस सञ्चालनका लागि काठमाडौँ उपत्यकाभित्रका ३ वटा रुट तोकेको छ। प्रहरीले कलंकीबाट एकान्तकुना, पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्कसम्म गाडी चलाउने छ। यो बसले रत्नपार्कबाट त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा परिक्रमा गर्नेछ।

 

यसैगरी दोस्रो रुटमा कोटेश्वरबाट सहिदगेट हुँदै महाराजगञ्ज नारायणगोपाल चोक, गौशाला, मैतीदेवी परिक्रमा गर्नेछ।

 

तेस्रो रुट नयाँ बसपार्कबाट चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे,नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ। चक्रपथको बाहिरी र भित्री दुवै स्थानका सर्वसाधारणको लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्