बेवारीसे हतियार र विष्फोटक पदार्थ बरामद



भोजपुरः षडानन्द नगरपालिका-२ ताबुमा एक टहराबाट बेवारीसे अवस्थामा रहेका हातहतियार र विष्फोटक पदार्थ प्रहरीले बरामद गरिएको छ ।

बाँदर रुङ्न बनाइएको टहराबाट प्रहरीले बिहीबार दिउँसो कटुवा पेस्तोल १ थान, सकेट बम १ थान, डेटोनेटर २ थान, तारहरु तथा विभिन्न दस्तावेजहरु बिहीबार बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उक्त स्थानमा पुगि टहरोमा शंका लागेर हेर्दा बेवारीसे अवस्थामा रहेको झोला फेला परेको थियो ।

झोलामा खानतलासी गर्दा उक्त हातहतियार फेला परेको प्रहरीले जनाएको छ । उक्त सकेट बम डिष्पोजको लागि नेपाली सेनासँग आवश्यक समन्वय गरिरहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्