रुखको एउटै हाँगामा देवर, भाउजु झुन्डिएको अवस्थामा फेला



इलाम: इलामको माङसेबुङ गाँउपालिका-६ मा रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा देवर-भाउजुको शव भेटिएको छ ।

मावाटोलका २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राईको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बिहानै बेपत्ता देवर-भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिब ७०० मिटर टाढा रुखको हाँगामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए ।

जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक राजकुमार साह तेलीको नेतृत्वको टोली घटनास्थल पुगेको र शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवी लगिएको छ ।

घटना हेर्दा शंकास्पद देखिएको प्रहरी निरीक्षक तेलीले बताए । थप विवरण पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्