अमेरिकाको सियाटलमा गोली चल्दा एक जनाको मृत्यु, एक घाइते



काठमाडौं : अमेरिकाको सियाटलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएको छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार घटना स्थानीय समय अनुसार शनिबार राति भएको हो ।

प्रदर्शन भइरहेको भिडमा गोली चल्दा गम्भीर घाइते भएका १९ वर्षका किशोरको अस्पतालमा ज्यान गएको र अर्का एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीलाई उद्धृत गर्दै एनबिसी न्यूजले जनाएको छ ।

सियाटलको स्वायत्त प्रदर्शन स्थलमा गोलीकाण्ड भएको हो । सो स्थानमा प्रहरीको हस्तक्षेप बिना प्रदर्शन गर्न पाइन्छ ।

अमेरिकामा पछिल्लो समय प्रहरी ज्यादती र रंगभेद विरुद्ध प्रदर्शन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्