आज शुक्रबार: यसरी गर्नुहोस् सन्तोषी माताको पूजा, हुनेछ सुख प्राप्ति


एजेन्सी : हिन्दु धार्मिक मान्यता अनुसार बार नै पिच्छे फरक फरक देवी देवताको पुजा गरी व्रत बसिन्छ । ती सबै व्रतका विधि र मान्यताहरु पनि फरक फरक हुन्छन् । त्यसैगरी शुक्रबारको दिन माता सन्तोषी माताको पूजापाठ गरी विधिवत रुपमा व्रत बस्ने चलन रहिआएको छ । खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् ।

माताको व्रतले भौतिक सुख प्राप्तिको तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माता भगवान गणेशकी पुत्री हुन् भने माताको नाम रिद्धि–सिद्धि हो । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुख-सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बस्ने गरिन्छ । सन्तोषी माता लक्ष्मीको अवतार हुन् ।

यस्तो छ सन्तोषी माताको व्रत र पूजा विधिः

सन्तोषी माताको ब्रतको लागी बिहान सुर्योदय अगाडी नै उठेर घर सरसफाई गर्दै,घरमा गंगाजल छर्केर शुद्ध पार्नपर्छ । पूजाको लागी आवश्यक सामग्रीहरुमा एक कलश,पानको पात,फुल,आरतीको लागी कपूर,अगरबत्ती, केरा, सन्तोषी माताको फोटो या मुर्ति, ब्रत कथा पुस्तक।

शुक्रबार बिहान स्नान गरेर मन्दिर या घरमै पूजा गर्न सकिन्छ । पूजाको लागी फुलले सजाएको कलश,प्रसाद हुनु आवश्यक छ भने घिउको दियो बाल्नुपर्छ। पूजा गरिसकेपछि माताको कथा आरम्भ गर्ने,र भजन गाउने।

नियमित रुपले सोर्ह शुक्रबार सम्म ब्रत बसिसकेपछि अन्तिम शुक्रबार विधिबिधान अनुसार देवी सन्तोषीको पूजा गर्ने र पुरी र केराको प्रसाद दान गर्ने। साथैं आठ कन्याहरुलाई खिरको प्रसाद खुवाउने ।

सन्तोषी माताको ब्रत बस्दा ध्यान दिनपर्ने सबैभन्दा मुख्य कुरा ब्रतको दिन अमिलो छुन र खानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहानसम्म सप्तकोसी ब्यारेज भएर

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ

काठमाडौं : कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा

काठमाडौंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात संचालनको बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने भएको

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति

काठमाडौं– नेपालमा बिहीबार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८