चिनियाँ अधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाएको घोषणा



एजेन्सी : अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका केही पदाधिकारीहरुलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाएको घोष्णा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् ।

ती चिनियाँ अधिकारीहरू हङ्‍कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएको अमेरिकाको निष्कर्ष छ । पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका पदासीन र भूतपूर्व अधिकारीहरूप्रति लक्षित छ।

यो निर्णय हङ्‌कङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानुनका लागि चीनलाई दण्डित गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको वाचानुरूप गरिएको हो ।

चीनले अमेरिकी निर्णय ‘त्रुटिपूर्ण’ भएको भन्दै फिर्ता हुनुपर्ने प्रतिक्रिया दिएको छ ।

चिनियाँ संसदको बैठकको पूर्वसन्ध्यामा अमेरिकाले चिनियाँ नेताहरूलाई अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्