बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि



धनगढीः बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको त्रिवेणी नगरपालिकामा ६२ जनामा कोरोना पुष्टि भएको हो ।

शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा ६२ जनाको कोरोना भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ अधिकृत दयाकृष्ण पन्तले बताए ।

उनले ११ जना महिला र ५१ जना पुरुषमा कोरोना पुष्टि भएको बताए । योसंगै बाजुरामा कोरोना संक्रिमितको संख्या १ सय ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्