कैलाली र डोटीका ३० जनामा कोरोना पुष्टि



धनगढीः सुदूरपश्चिम प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको हो ।

सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकामा १४, स्थानीय तह नखुलेका दुई र भजनीमा एक जनामा कोरोना पुष्टि भएको बताए ।

उनका अनुसार डोटीका ७ जनाको स्थानीय तह खुलेको छैन भने शिखरका ६ जनामा कोरोना पुष्टि भएको छ । ३० जना संक्रमित मध्ये १३ जना महिला र १७ जना पुरुष छन् ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १६ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका ५ सय ६६ जना छन् ।

यस्तै कञ्चनपुरमा २ सय ९७, डडेल्धुरामा २ सय १७, डोटीमा २ सय ९३, बैतडीमा १ सय ९०, अछामका १ सय २६, बाजुराका १ सय ३५, बझाङमा ७१ र दार्चुलामा १६ जनामा छन् । पुष्टि भएका ६ जनाको मृत्यु भएको छ भने २ सय ४४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्