जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले गरे पार्टी परित्याग



काठमाडौंः सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् ।

आज (शनिबार) पश्चिम नवलपरासीको परासीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्यहरु कैलाश महतो नवलपरासी, सतिला यादव सिरहा, दिनेश प्रसद यादव बारा, संजयकुमार साह पर्सा, धुव्र प्रसाद कहांर नवलपरासी, राजमती पासवान नवलपरासी रहेका छन् ।

सिके राउतले मधेशको एजेण्डा छाडेको र तानासाही तवरले पार्टी सञ्चालन गर्न खोजेकाले पार्टीमा बस्नुको औचित्य नभएको उनीहरुले बताएका छन् ।

केन्द्रीय सदस्यसमेत रहेका कैलाश महतो भने, ‘जनमत पार्टी स्थापना गरेपछि उनले एकलौटी ढंगले पार्टी हाक्न खोजेको र नातावादमा अल्झिएर तराई मधेशको एजेण्डालाई छोडेपछि हामीले पार्टी परित्याग गरेका हौ ।’ उनी यस अघि राउतले सञ्चालन गरेको स्वतन्त्र मधेश संगठनको केन्द्रीय उपाध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्