खेत जोत्ने क्रममा एक जनाको मृत्यु



चितवनः चितवनमा ट्याक्टरको रोटाभेटरमा परेर आज (शनिबार) एक जनाको मृत्यु भएको छ ।

चितवनको खैरहनीस्थित खेतमा धान रोप्नका लागि जोत्दै गरेको अवस्थामा ट्याक्टरको रोटाभेटरमा परेर रिठ्ठे दमाइँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ७ त ४४८८ नं.कोे ट्याक्टरको पछाडि जडान गरिएको रोटाभेटर जोत्ने मेसिनमा परेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए । ट्याक्टरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्