विश्वमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाखको मृत्यु



एजेन्सी : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड नाघेको छ ।

वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा १ लाख ७६ हजार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित १ करोड ७४ हजार बढी भएको हो ।

कोरोनाबाट हालसम्म ५ लाखको मृत्यु भएको छ भने शनिबार ४ हजार ५ सय बढीको मृत्यु भएको छ ।

यस्तै, अहिलेसम्म विश्वभर ५४ लाख ५२ हजारले भाइरसलाई जितिसकेका छन् । ४१ लाख २१ हजार एक्टिभ केस छ । गत डिसेम्बर चीनको वुहानबाट फैलिएको यस भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिका छ ।

प्रतिक्रिया दिनुहोस्