ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ५७ हजार नाघ्यो



एजेन्सी : कोरोना भाइरसको महामारीले भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५७ हजार नाघेको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९९४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५७ हजार १०३ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ८८७ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म ७ लाख १५ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ४२ हजार ९३३ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्