चट्याङ्ग लागेर सर्लाहीमा पनि एक युवकको मृत्यु



जनकपुरधाम : बिहीबार बिहान परेको पानीसँगै परेको चट्याङ्ग लागेर सर्लाहीमा पनि एक जनाको मृत्यु भएको छ ।

खेतमा धान रोपाइ गर्ने क्रममा सर्लाहीको बागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले दिएको जानकारी अनुसार बिहान ८ बजेको समयमा चट्याङ्ग लागेर बेहोस भएका पासवनलाई बरहथवास्थित धनवन्तरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि धान रोपाइँका लागि खेतमा गएको बेला बाराको फेटा गाउँपालिकाका दुईजना र कलैया उपमहानगरपालिकाका दुईजना गरी चारजना महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

प्रकाशित : असार १८, २०७७

प्रतिक्रिया दिनुहोस्