स्वास्थ्य कार्यालय पर्साको भवनमाथि चट्याङ्ग खस्दा लाखौं क्षति



पर्सा : स्वास्थ्य कार्यालय पर्साको भवनमा बिहीवार बिहान चट्याङ्ग खस्दा लाखौंको क्षति भएको छ । बिहान खसेको चट्याङ्गले कार्यालयमा रहेको कम्प्युटर, पंखा, फ्रिज र विजुली मिटर लगायतको उपकरण जलेर विग्रिएको छ ।

चट्याङ्गले कार्यालयको भवनको सिडी घरको छतमा ठूलो प्वाल पार्नुका साथै भवनको विभिन्न भाग चर्केको छ । कार्यालयको विद्युत कनेक्सन जलाएको स्वास्थ्य कार्यालय पर्साका सूचना अधिकारी नवल किसोर साहले बताए ।

उनले बिहान खसेको चट्याङ्गका कारण कार्यालयमा रहेको विद्युतीय उपकरणहरु र दशथानभन्दा बढी कम्प्युटर लजेको बताए ।

कार्यालयको स्टोर रुपमा रहेको फ्रिजमा विभिन्न खोप भण्डारण रहेको र विद्युतको आपुर्ती नभएसम्म फ्रिज विग्रिए नविग्रिउ बारे हाल भन्न नसकिने उनले बताए ।

प्रत्यक्षदर्शी अनुसार बिहान करिब ९ बजेको समयमा एक्कासी भिलिक्क जस्तो बस्तु स्वास्थ्य कार्यालयको भवनमाथि खसेको थियो । ‘चट्याङ्ग खसेको देख्दा प्रलय आएको जस्तो भएको थियो,’ उनले भने-‘भयानक चट्याङ्ग देखेर केहि बेर मेरो दिमाग समेत काम गर्न छोडेको थियो ।’

कार्यालयको फ्रिजमा करिब ५० लाखभन्दा बढीको बालबालिकालाई लगाउने विभिन्न खालको म्याक्सीन स्टोर गरिएर राखिएको छ । यदपी घटनाको क्षति विवरण आधिकारी रुपमा कार्यालय अहिले खोलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्