दुई लाख ८५ हजार बराबरको सुर्तिजन्य पदार्थसहित २ जना पक्राउ



इटहरी : भन्सार छलि चोरी निकासी गरि भारतबाट बोलेरो गाडिामा ल्याएको सूर्तिजन्य पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान करिब साढे ८ बजे ईटहरी उपमहानगरपालिका–४ पञ्चकन्या मन्दिर अगाडि भारतबाट प्र–१–०४–००१ च ००३५ नम्बरको बोलेरो गाडीमा लोड गरि भन्सार छली गरि चोरी निकासी गरि सूर्तिजन्य पदार्थ ल्याउँदै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले गाडीसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी गढी गाउँपालिका–३ छिटाहा बस्ने २१ वर्षीय सुरज कुमार मेहता र दुबी नगरपालिका–५ बीने ४२ वर्षीय मनोज रौनिया रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट दुई लाख ८५ हजार बराबरको सूर्तिजन्य पदार्थ बरामद गरेको छ । पक्राउ परेका मेहता र रौनियारलाई थप अनुसन्धानका लागि सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनरी पठाइएको सूचना अधिकारी मान प्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : असार १८, २०७७

प्रतिक्रिया दिनुहोस्