पार्टी फुटाउन अध्यादेश जारी गर्ने अड्कलपछि ‘प्रचण्ड’ पुगे शितलनिवास



काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष राष्ट्रपति शितलनिवास पुगेका छन् ।

नेपालको सत्तारुढ दल नेकपाभित्र सत्ता विवाद जटिल भईरहेको बेला पार्टीका एक अध्यक्ष पुष्प कमल दहाल ‘प्रचण्ड’ शितलनिवास पुगेका हुन् ।

उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटन शितलनिवास पुगेका छन् । प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओली आकस्मात संसद अन्त्य गर्न सिफारिस गरेका थिए ।

त्यहि बेला नेकपाको स्थायी कमिटिको वैठक स्थगित गरेर प्रचण्डले ओलीलालाई बालुटाटारमा भेटेका थिए । लगत्तै राष्ट्रपति भण्डारीले संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएपछि उनलाई भेटन प्रचण्ड शितलनिवास पुगेका छन् ।

संसदको अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले पार्टी फुटाउनका लागि अध्यादेश जारी गर्ने अड्कल गरिएको छ । आजै बिहान ओलीले पनि राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए । सो भेटमा ओलीले भण्डारीलाई संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्