डेढ महिने कोरोना संक्रमित शिशुको मृत्यु



काठमाडौंः कोरोना संक्रमित एक शिशुको मृत्यु भएको छ ।

४५ दिनको शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सन्तकुमार दासले बताए ।

घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रिया अघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

शिशुको बुधबार साँझ निधन भएको हो । उनका बुबा, आमा र फुपुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्