सुदूरपश्चिममा २६ जना कोरोना संक्रमित थपिए



धनगढीः आज सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीमा आज (बिहिवार) भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका २ जना, भजनी नगरपालिकाका २ जना, कञ्चनपुरको लालझाडीका २, भीमदत्तका १ जना तथा अछामको साँफेवगरका ६ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। सुदूरपश्चिममा २७ सय बढिमा कोरोना पुष्टि भईसकेको छ भने पुष्टि भएका ७ जनाको मृत्यु भएको छ । ४ सय ९५ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्