सुदूरपश्चिम प्रदेशः थप ३४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार भन्दा बढी



धनगढीः आज सुदुरपश्चिम प्रदेशमा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ ।

आज प्रदेशमा सवैभन्दा वढी ३४६ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२० जना र धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा २६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या ३ हजार नाघेको छ । हालसम्म ३ हजार १ सय २१ जना कोरोना संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र १ सय २५ पुरुष गरी १ सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यस्तै धनगढीमा बिहिवार भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका २ जना र भजनी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

कञ्चनपुरको लालझाडी गाउँपालिकाका २ जना र भीमदत्त नगरपालिकाका १ जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९ जनाको कोरोना परीक्षण भएको थियो । सुदूरपश्चिममा अलिलेसम्म ३ हजार बढिमा कोरोना पुष्टि भएको छ भने पुष्टि भएका ७ जनाको मृत्यु भएको छ । ४ सय ९५ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्