एपीएफको टोलीद्वारा लागू औषधसहित चोरीपैठारीको सामान बरामद



सिरहाः सिरहा जिल्लाको औरही गाउँपालिका १ दरौयास्थित सीमा ईलाकाबाट बुधबार एपीएफको टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको अर्नमा गाउँपालिका ४ बस्ने २५ वर्षिय अमितकुमार मण्डल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलार्ई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको एपीएफको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोजन ट्याब्लेट ५ वटा र डाईलेक्स एक बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

टोलीले पक्राउ परेका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

त्यस्तै सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ राजदेवीस्थित सीमा ईलाकाबाट आज (बिहिबार) एपीएफको टोलीले करीव १ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र सुर्तीन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल जिल्ला सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्